खेलकुद

रियल मड्रिडको शानदार जित, भ्यालेन्सिया ४–१ गोलले पराजित


काठमाडौँ – स्पेनिस ला लिगा फुटबल अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको रियल मड्रिडले सानदार जित निकालेको छ । घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले भ्यालेन्सियालाई ४–१ ले हराउँदै शीर्ष स्थानको अग्रता ८ अंकमा पु¥याएको हो ।

रियल मड्रिडको जितमा करिम बेन्जिमा र भिनिसियस जुनियरले समान २–२ गोल गरे । जितपछि शीर्ष स्थानको रियल मड्रिडको २१ खेलबाट ४९ अंक भएको छ । २ खेल कम खेलेको सेभिल्ला ४१ अंकसहित दोस्रो स्थानमा छ । रियलसँग पराजित भ्यालेन्सिया २० खेलबाट २८ अंक जोड्दै नवौं स्थानमा छ ।