राजनीति

सरकार र राजनीतिक नेतृत्व माफियाको कब्जामा, यसरी चल्छ नीतिगत सेटिङ (भिडियोसहित)


काठमाडौँ — संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामा सुशासनसहित भुइमान्छेहरुको पनि सत्तामा पहुँचसंगै उनीहरुको जीवनमा आमूल परिवर्तन हुने अपेक्षा थियो, दुर्भाग्य, मुलुक राजनीतिक नेतृत्वको अकर्मण्यताले माफियाहरुको कब्जामा पुग्यो । व्यवस्था परिवर्तन भएपनि माफियाको सेटिङमा मौलाएको बेथितिको ऐजेरुले मुलुकको अवस्था झन् झन डरलाग्दो बन्दै गयो ।

प्रधानमन्त्री देउवा आफ्नै मान्छे, हुनुहुन्छ, ओलीले मलाई ज्वाई भन्नुहुन्छ, यो भनाइ थियो, पछिल्लो समय विवादित बनेको बतास अर्गानाइजेसनका अध्यक्ष आनन्द बतासको । दरबारदेखि मठ मन्दिर र पार्टी पौवा सस्तो भाउमा लीजमा लिएर अर्बाै व्यापार गर्दै आएको यीनै बतासका अध्यक्षको यो भनाइले सबैलाई राम्रोगरी मुखभरी जवाफ दियो। उनको भनाइले के पुष्टि गरिदियो भने, माफियाको प्रभावको पासोमा दलीय नेतृत्व अल्झियो, छ।माफियाकै पासोमा अल्झिएको नेतृत्वले नीति र विधिलाई डस्टविनमा मिल्काइदियो ।

यो परिवर्तन कुनै सीमित बतास जस्ता व्यापारीका लागि मात्रै थिएन र होइन पनि । दुर्भाग्य, संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था बतास जस्ता माफियाको लागि जस्तै हुँदै गयो, जनताको बलिदानीपूर्ण कुर्बानीबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रमा भने उनै बतास जस्ता नामूद् व्यापारीका लागि स्वर्गको महल ठडिए, दलका नेताको काँध चढेर देशभरका राष्ट्रिय सम्पदा बतास जस्तै माफियाहरुकै कब्जामा पु¥याइए ।

पछिल्लो समय निकै चर्चामा रहेका बतासले शक्तिशाली नेताहरुसंग राम्रै उठबस भएको कुरा खुलासा ग¥यो, तर तैचुप मैचुपमै रहेको नेतृत्व यस विषयमा भने अझै मौन छ। बतास जस्तै, ओम्नी, र यति होल्डिङस्हरु पनि उत्तिकै चल्तीका नामूद् व्यापारी हुन् । उनीहरुले पनि ट्रष्ट र स्वास्थ्य क्षेत्रमा ब्रम्हलुटको गरेको दोषको भारी बोक्दै आए, ओम्नीले अर्बाैको भ्रष्टाचार गरेको आरोप खेप्यो, यतिले राष्ट्रिय निकुन्जदेखि नेपाल ट्रष्टको जग्गा पनि नछाडेको दोष खेप्दै आयो ।

यसरी माफियाहरुको खेपैखेपको बदमासी जति जति बाहिरिदै गयो, उति उति मुलुकभित्रको राजनीतिमा माफियाकरणको पर्दा पनि उघारिदै गयो । हुन त यी प्रतिनिधिमूलक घटनाका पात्र मात्रै हुन् । तर, सत्य के हो भने, यो मुलुक माफियाकरणको बेथितिपूर्ण ऐजेरुले लुटिएको छ ।

बेथितिको डंगुरमै लुतपुतिएको राजनीतिक नेतृत्व यतिधेरै बदनामी भयो, कि जनतामा राजनीतिप्रति चरम घृण पैदा भयो, राजनीतिप्रतिको असन्तुष्टि अग्लिएको मात्रै छैन, व्यवस्था समेत अप्ठ्यारो चिरामा पर्ने खतरा पनि उत्तिकै छ, यतिमात्रै होइन, विद्यमान बेथितिको समयमै अन्त्य भएन, भने रानीतिक नेतृत्वसंगै व्यवस्थाको विरुद्धमा नागरिक आवाज विस्फोट हुन सक्छ । यसर्थ नेतृत्वले पटक पटक गरेका यस्ता गम्भीर गल्तीलाई समयमै सच्याएन, भने नागरिक असन्तुष्टिको आँधीले कोही कसैला नछोड्न सक्छ, त्यसैले नेतृत्वमा बेलैमा चेतको बिर्काे खुलोस् ।