राजनीति

५ जिल्लाका प्रमुख जिल्ला अधिकारी सरुवा, को कहाँ पुगे ?


काठमाडौँ — गृह ​मन्त्रालयले ५ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ ।

गृहमन्त्री बालकृष्ण खाँणले सल्यान, काभ्रेपलञ्चोक, नवलपरासी पूर्व, कालिकोट र धनुषाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेका हुन् । ​

जसअनुसार विपिन आचार्य सल्यानको प्रमुख जिल्ला अधिकारी भएका छन् । उनी यसअघि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणमा थिए ।

गृह मन्त्रालयकी सहसचिव हुमकला पाण्डे काभ्रेपलाञ्चोक, सुमन घिमिरे नवलपरासी पूर्व, गृहका उपसचिव रामहरि शर्मालाई कालिकोटको प्रमुख जिल्ला अधिकारी बनाइएको छ । सुरेन्द्र पौडेलले धनुषाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी प्रदान गरिएको छ ।

सल्यानकी सीडीओ लक्ष्मीदेवी हुमागाई खतिवडा, कालिकोटका सीडीओ कृष्णप्रसाद आचार्य, काभ्रेपलाञ्चोकका शिवराम पोख्रेल, धनुषाका सीडीओ बन्धुप्रसाद बाँस्तोलालाई भने गृह मन्त्रालय तानिएको छ ।