देश

कोरोना बढेसँग सुदूरपश्चिममा उच्च सर्तकता


काठमडौँ – कोरोना संक्रमण दर बढ्न थालेसँगै सुदूरपश्चिम प्रदेश सरकारले सर्तकता अपनाउन थालेको छ । छिमेकी मुलुक भारतमा कोरोना संक्रमण दर बढेसँगै सुदूरपश्चिममा पनि त्यसको असर बढेको भन्दै सरकारले केही दिनयता रोकथाम तथा नियन्त्रणको तयारी अपनाउन थालेको हो ।

प्रदेश सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सबै स्थानीय तहमा आईसोलेसन सेन्टर विस्तार गर्ने निर्णय गरेको छ । शुक्रबार मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको प्रदेश कोभिड–१९ संक्रमण रोकथाम तथा ब्यबस्थापन समितिको यस्तो निर्णय गरेको हो ।

उक्त बैठकमा संघीय सरकारसँग होल्डिङ सेन्टर संचालनमा सहयोग गर्न अनुरोध गर्ने, सबै नाकामा स्वास्थ्य हेल्प डेस्कलाई थप व्यवस्थित गरेर अघि बढ्ने निर्णय पनि भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिह कार्कीले जानकारी दिए ।