राजनीति

प्रचण्डलाई कोरोना संक्रमण पुष्टि


काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ । अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण देखिएको प्रचण्डको स्वचिवालयले जनाएको छ ।

प्रचण्डको स्वास्थ्य अवस्था सामान्य रहेको छ । अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठलगातलाई कोरोना संक्रमण देखिएपछि केन्द्रीय कमिटीको बैठक पनि स्थगित गरिएको छ । बैठकसहित पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरिएको प्रचण्डको सचिवालयले जनाएको छ ।

यस्तै, केन्द्रीय कार्यालयका सचिवसहित कर्मचारीमा पनि संक्रमण देखिएको छ । केन्द्रीय कार्यालयमा कार्यरत २२ जनामध्ये २० जनालाई कोरोना संक्रमण भएपछि कार्यालय बन्द गरिएको मुख्यसचिव श्रीराम ढकालले जानकारी दिनुभयो । सबै केन्द्रीय सदस्यलाई पिसिआर परिक्षण गर्न माओवादी केन्द्रले आग्रह गरेको छ ।