राजनीति

कोरोना बढेसँगै माओवादी केन्द्रीय कमिटीको बैठक स्थगित


काठमाडौँ – कोरोना संक्रमण बढेसँगै नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटीको बैठक स्थगित भएको छ । केही नेता र केन्द्रीय कार्यालयका सचिवसहित कर्मचारीमा संक्रमण देखिएपछि भोलिका लागि बोलाइएको बैठक स्थगित गरिएको माओवादी केन्द्रले जनाएको छ ।

केन्द्रीय कार्यालयमा कार्यरत २२ जनामध्ये २० जनालाई कोरोना संक्रमण भएपछि कार्यालय बन्द गरिएको मुख्यसचिव श्रीराम ढकालले जानकारी दिनुभयो । केन्द्रीय कार्यालयको क्यान्टिनमा काम गर्नेलाई पनि कोरोना संक्रमण देखिएको छ ।

केही नेतालाई पनि कोरोना संक्रमण देखिएपछि सबै केन्द्रीय सदस्यलाई पिसिआर परिक्षण गर्न माओवादी केन्द्रले आग्रह गरेको छ । कोरोना संक्रमणलाई मध्यनजर गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका नेताले प्रत्यक्ष भेटघाट बन्द गर्नुभएको छ ।