मौसम

आजको मौसम : यी स्थानमा पर्न सक्छ पानी


काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। आज राति पनि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ ।

तराईका केही भूभागमा हुस्सुरकुहिरो लागेको छ भने उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली प्रभाव परेको छ ।