राजनीति

राष्ट्रिय सभाका उम्मेदवारले आज ४ बजेसम्म नाम फिर्ता लिन सक्ने


काठमाडौँ – राष्ट्रिय सभा सदस्य निर्वाचनमा मनोनयनपत्र दर्ता गराएका उम्मेदवारलाई आज नाम फिर्ता लिने समय दिइएको छ । निर्वाचन आयोगले आज बिहान १० देखि अपराह्न ४ बजेसम्म नाम फिर्ता लिने समय दिएको छ ।

आयोगले मनोनयनपत्र जाँचबुझ गरी हिजो उम्मेदवारको नामावली प्रकाशन गरेको थियो । आज उम्मेदवारले सम्बन्धित प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमार्फत् उम्मेदवारी फिर्ता लिन सक्नेछन् । त्यसपछि आयोगले भोलि अन्तिम नामावली सार्वजनिक गरेर उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने जनाएको छ ।

माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा १९ पदका लागि ९ राजनीतिक दलका ४३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।