खेलकुद

घरेलु मैदानमा जित निकाल्ने मनाङको दाउ, रेलिगेसनको खतराबाट जोगिन च्यासललाई चुनौती


काठमाडौँ – शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज मनाङ मस्र्याङ्दी क्लब र च्यासल युथ क्लब भिड्दैछन् । आठौँ चरणको खेलमा मनाङले घरेलु मैदान पोखरा रंगशालामा च्यासलसँग प्रतिस्पर्धा गर्दै छ ।

मनाङ र च्यासलबीचको खेल दिउँसो २ बजे सुरु हुने छ । मनाङका प्रशिक्षक फुजातोपेले गत सिजनमा पनि च्यासलविरुद्ध जित निकाल्न सफल भएकाले यसपटक पनि बलियो आत्म विश्वाससहित खेलाडी मैदान उत्रिने बताए । च्यासलका प्रशिक्षक बालगोपाल साहुखलले मनाङ बलियो टोली भएकाले रेलिगेसनको खतराबाट जोगिन खेलाडीहरुले सक्दो मेहनत गर्ने बताए ।

मनाङ अहिले ७ खेलबाट १७ अंकसहित दोस्रो स्थानमा रहेको छ भने च्यासल ५ अंकसहित रेलिगेशनजोनमा रहेको छ ।