राजनीति

एमालेमा भएको नेतृत्वको जाम खुल्यो ! सर्वसम्मत कति सम्भव ?


काठमाडौँ – नेकपा एमालेको १० औं महाधिवेशनपछि शुक्रबारबाट देशैभर जिल्ला अधिवेशन सुरु भएको छ । मौसम प्रतिकुलताका कारण केही हिमाली जिल्लालाई छोडेर बाँकी अन्य सबै जिल्लामा अधिवेशन अगाडि बढेको छ । एमालेको फुटपछि पहिलो जिल्ला अधिवेशन पार्टी व्यवस्थापन र आगामी निर्वाचनमा ठूलो शतिm बन्ने लक्ष्यमा केन्द्रित देखिन्छ । काठमाडौ मुलपानी क्रिकेट रंगाशाला प्रागाणमा पनि नेकपा एमालेको छैठौं काठमाडौ जिल्ला अधिवेशनको माहोल देखियो । जहाँ १० वटा निर्वाचन क्षेत्रका एमाले नेता कार्यकर्ताको सहभागीता थियो ।

एमालेभित्रको फुटपछि पहिलो जिल्ला अधिवेशनलाई नेतृत्व परिवर्तन मात्र नभई एमालेभित्रको फुट व्यवस्थापन साथै पूर्व मओवादी नेता राम बहादुर थापा बादल समूहलाई कसरी नेतृत्व व्यवस्थापन गर्छ भन्ने सबैको चासो छ । एमालेको फुटपछि भइरहेको पहिलो जिल्ला अधिवेशन र नेतृत्व चयनको सवालमा प्रतिनिधिहरुको धारण के छ ?

वडा तहदेखि नै सर्वसम्मत नेतृत्व चयनको पक्षमा रहेको नेकपा एमालेले जिल्ला अधिवेशनमा पनि सहमतिलाई निरन्तरता दिएका छन । भर्चुवल माध्यमबाट जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले देशैभर सकेसम्म सर्वसम्मत रुपमा नै नेतृत्व चयन गर्न सुझाएका छन । नेता कार्यकर्ताहरुलाई आगामी निर्वाचनमा एमाले ठुलो शतिm बनाउनेतर्फ सबै लाग्न समेत उनले आग्रह गरे ।

नेतृत्व चयन गर्दा नेता प्रदान नभई नीति प्रदान हुने व्यवस्था एमालेले अंगिकार गरेकाले जिल्ला अधिवेशनमा सहमतिमा नै नेतृत्व चयन हुने नेताहरुको विश्वास छ ।

एमालेले जिल्ला अधिवेशन सम्पन्न गरे लगत्तै माघ ८ गते प्रदेश अधिवेशन गर्ने कार्यतालिका छ । एमालेले चुनावमा जाँदा पार्टीभित्र मनमुटाव बढ्ने भन्दै नेतृत्व चयन सहमतिमै गर्न जोड दिएको हो । नेतृत्व फेरवदलको महत्वपूर्ण आधार अधिवेशनलाई औपचारिकतामा सिमित गर्दै जवरदस्त पार्टी एकढिक्का भएको सन्देश एमालेले दिन खोजेको देखिन्छ ।