राजनीति

जति प्रविधि भित्रिए पनि सरकारी कार्यालयमा घण्टौँको लाइन


काठमाडौँ – सरकारी कार्यालयमा सेवा लिन जाने सेवाग्राहीका लागी घण्टौँ लाइन बस्नु त नियती जस्तै बनेको छ । लामो समय देखि नै नागरिकहरु जुनसुकै सरकारी कार्यालयमा सेवा लिन जादा लाइन बसेर नै दिन बिताउने गर्छन् । पछिल्लो समय काठमाडौँ उपत्यकाको विभिन्न सरकारी कार्यालयमा सेवा लिन आउने नागरिकहरुले सास्ती भोग्ने गरेका छन् ।

यातायात व्यवस्था कार्यालय चाबहिलमा सेवाग्राहीले पाउने सास्ती भोग्नेलाई मात्र थाहाँ छ । जहाँ गएपनि नेपालीहरुले घण्टौँ लाइन बस्नुपर्ने बाध्यता रहेको छ । तर, पनि आफुले पाउनुपर्ने सेवा समयमा नपाउँदा नागरिकहरुले दुःख पाउने गरेका छन् । यहाँ उनीहरु राजस्व तिर्न बिहान देखि नै लाइन बस्ने गर्छन । त्यहि राजस्वले सरकारी कर्मचारीहरुको पेट पालिएको छ । तर, पनि नागरिकले सहज तरिकाले सेवा पाएका हुदैनन् ।

राजस्व तीर्न मात्र होइन अन्य कामको लागि आएका सेवाग्राही पनि घटौँ लाइन बस्न बाध्य छन् । एउटा कामका लागि नै तीन दिनसम्म धाउनुपर्ने अवस्था छ । सेवाग्राहीले पाउने सास्ती बाहिरी गेटबाटै सुरु हुन्छ । लाइन बसेका सेवाग्राही प्रायः आक्रोशित देखिन्छन् । इमान्दार भएर बसिरह्यो जहाँको त्यही हुन्छ, लाइन फिटिक्कै सर्दैन ।

यहाँ हिजोआज हरेक दिन कार्यालय समयमा भद्रगोल देखिन्छ । बिहान १० बजे नै कार्यालयमा आइपुगेका सेवाग्राही दिउँसो ३ बजेसम्म पनि काम पूरा हुन नसकेको गुनासो गर्दछन् । यता यातायात व्यवस्था कार्यालय चाबहिलका प्रमुख रोहित पोखरेल भने आफुहरुले सहज रुपमा नै सेवा दिन खोजेपनि कहिले काही प्राविधिक समस्यले गर्दा सर्वसाधारणले सेवा दिन नसकेको बताउछन् ।

हरेका सरकारी कार्यालयमा नागरिकले घण्टौ लाईन नबसी सहज तरिकाले सेवा पाउन सकेका छैन् । सेवाग्राहि पुग्ने मध्येको एक राहदानी विभाग पनि यसबाट अछुतो छैन । अर्थात् रेमिन्ट्यान्सबाट चलेको देशमा विदेश जान आवश्यक पासपोर्ट बनाउन हैरानी ब्यहोर्नु पर्छ । लाईन छोडेर थोरै दायाँ बाया भएमात्र पनि घण्टौ पछि परिने डरले उनीहरु भोकै बसिरहेका भेटिन्छन । सरकारी काम देखेर उनीहरु दिक्क भएका छन् ।

त्यस्तै वैदेशिक रोजगार विभागको कार्यालय ताहाचलको ताल पनि उस्तै छ । नागरिकले दुख पाउने नै हो । यहाँ पनि नागरिकहरु बिहान देखि नै लाइन बसेका हुन्छन् । योत उदारण मात्र हो, यस्ता सर्वसाधारणले सास्ती भोग्नु पर्ने सरकारी कार्यालयहरु धेरै छन् । यस्तो हुदा समेत राज्य कानमा तेल हालेर बसेको छ ।