राजनीति

नारायणहिटीभित्र बनाइएको संरचना हटाइयो


काठमाडौँ – हाल निकै विवादित बनेको नारायणहिटी दरबार क्षेत्रमा बनाइएको क्याफेको संरचना भत्काउन सुरु गरिएको छ । व्यवसायीक कम्पनी बतासे समूहले सङ्ग्रहालयभित्र रेष्टुरेन्ट सञ्चालन गर्न बनाएका भौतिक संरचना शुक्रबारबाट नै भत्काउन सुरु गरेको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले निर्माणाधीन भौतिक संरचना हटाउन तीन दिनको समय दिएको थियो । मन्त्री आलेले आईतबार १२ बजेसम्मका लागि संरचना हटाउन समयावधी दिएका थिए । मन्त्रीले यदि बतास समूहले नै सो संरचना नहटाएमा आफैले हटाउने चेतावनी दिएका थिए ।