राजनीति

लिपुलेकमा सडक विस्तारको काम भइरहेको भारतीय प्रधानमन्त्री मोदीको भनाई


काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेक सडकको विस्तार कार्य जारी रहेको बताएपछि नेपालमा विरोध सुरु भएको छ । भारतको उत्तराखण्डको हल्दवानीमा एक साताअघि चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले तिब्बतको मानसरोवर जाने लिपुलेक सडकको विस्तार कार्य भइरहेको बताए थिए ।

उनले डिसेम्बर ३० तारिखमा विगतको सरकारका कारण मानसरोवार जाने बाटो नबनेको बताए । भारतले नेपाली भूमि हुँदै सडक निर्माण गरेको भन्दै नेपालले आपत्ती जनाइसकेको छ ।

तर भारतले उक्त क्षेत्रमा सडक विस्तार कार्य जारी राखेको छ । मोदीले नै लिपुलेकमा सडक विस्तार जारी रहेको बताएपछि यसले नेपालाई थप रुष्ट बनाएको छ ।