समाचार

नेप्से एक सातामा १६७.९७ अंकले वृद्धि


काठमाडौँ – पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक १६७.९७ अंकले वृद्धि भएको छ । गत साताको बुधबार अन्तिम कारोबारको दिन परिसूचक ५.५१ अंक बढेर २ हजार ५२४.५० विन्दुमा पुगेर रोकिएको थियो ।

पछिल्लो सातामा पाँचै दिन कारोबार भएको नेप्से परिसूचक चार दिन उकालो लाग्दा एक दिने भने गिरावट आएको छ । यसरी पाँच दिन भएको कारोबारमा नेप्से परिसूचक १६७.९७ अंकले वृद्धि भएर २ हजार ६९२.९७ विन्दुमा पुगेर रोकिएको छ । अघिल्लो साता ४.२७ अंकले बढेको नेप्से परिसुचक यो साता १६७.९७ अंक माथि पुगेको हो ।

पछिल्लो चार महिना देखि निरन्तर रुपमा गिरावट आएको नेप्से परिसूचक यो साता भने उच्च रुपमा वृद्धि भएको छ ।