राजनीति

सिंहदरबारमा सीसीएमसीको बैठक जारी


काठमाडौँ — कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट संक्रमण दर बढ्न थालेपछि प्रधानमन्त्री संयोजकत्वको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशन समितिको बैठक बसेको छ । शुक्रबार अपरान्ह सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा समितिको बैठक बसेको हो ।

भारतलगायत देशहरूमा ओमिक्रोन भाइरसको संक्रमण दर बढ्दो रहेको र नेपालमा पनि संक्रमण दर बढिरहेकाले त्यसबारे छलफल गर्न बैठक बसेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा निर्देशक समितिको बैठक बसेको उनको सचिवालयले जनाएको छ ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाँण, स्वास्थ्यमन्त्री विरोध खतिवडा, अर्थमन्त्री जनार्दन शर्मा, परराष्ट्रमन्त्री नारायण खड्का, मुख्यसचिव र प्रधानसेनापतिलगायत सीसीएमसीका अधिकारीहरू सहभागी छन् ।