राजनीति

सहकारीले जनतासामु विस्वास गुमाउदै: मन्त्री श्रेष्ठ


काठमाडौँ – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारीहरुले पछिल्लो समय ऐन विपरीत बढाएको ब्याजदर घटाउनु पर्ने बताउनु भएको छ । नेपाल सहकारी पत्रकार समाज (सिजेएन)को ११औं वार्षिक साधारणसभामा बोल्दै मन्त्री श्रेष्ठले सहकारीहरुले पछिल्लो समय सहकारी ऐन विपरीत ब्याजदर बढाएकाले सहकारीको मूल मर्मअनुसार जाने हो भने ब्याजदर घटाउनु पर्ने बताउनु भएको हो ।

मन्त्री श्रेष्ठले सहकारीको ब्याजदर घट्दा घट्ने र बढ्दा बढ्ने भन्दा पनि नेपालमा बढ्दा बढाउने तर घट्दा नघट्ने प्रचलन रहेको बताउनुभयो । पछिल्लो समय सहकारीहरु वित्तीय सुशासन भन्दा बाहिर गएर तथा सहकारी ऐन भन्दा विपरित काम गरेकाले जनतासामु विस्वास गुमाउदै गएको बताउनुभयो ।