राजनीति

६३ जिल्लामा एमालेको अधिवेशन उद्घाटन,सहमतिमा नेतृत्व चयनमा जोड


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ६३ वटा जिल्ला अधिवेशनको भर्चुअल रुपमा उद्घाटन गर्नुभएको छ । अध्यक्ष ओलीले केन्द्रीय कार्यालय थापाथलीबाट एकसाथ जिल्ला अधिवेशनको उद्घाटन गर्नुभएको हो ।

उद्घाटनका क्रममा ओलीले सकेसम्म सहमतिमा नेतृत्व चयन गर्न जोड दिनुभयो । उहाँले सहमति र एकतावद्ध भएर सहमतिमा पुग्न र सहमति नभएर निर्वाचनमा जान पनि आग्रह गर्नुभयो । गत मंसिरमा सम्पन्न गरेको एमालेले आज जिल्ला अधिवेशन सम्पन्न गर्ने तयारी गरेको छ ।

यस्तै अध्यक्ष ओलीले राष्ट्रिय सभा चुनावको परिणाम आफूहरूका लागि प्रतिकूल आउनसक्ने दाबी गर्नुभयो । एमालेले माघमा प्रदेश अधिवेशन गर्ने तयारी थालेको छ ।