राजनीति

देशलाई स्वतन्त्र र बलवान बनाइराख्न राजनीतिक शक्ति मिल्नुको विकल्प छैन : देव गुरुङ


काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले राज्यका सबै संयन्त्रहरुमा गतिरोध भइरहने हो भने शंकटकाल सिर्जना हुने अवस्था रहेको बताउनु भएको छ ।

नेता गुरुङले मुलुकमा अहिलेको जस्तै न्यायलय, संसद तथा राजनीतिक गतिविधिहरुमा डेडलक भइरहने हो भने शंकटकालको स्थिती सिर्जना हुनसक्ने भन्दै त्यसतर्फ सचेत हुनुपर्ने बताउनु भएको हो । उहाँले पछिल्लो समयका घटनाक्रमलाई नियाल्दा संसद विघटनको कुरा, संसदीय मूल्य मान्यतालाई अवहेलना गर्ने कुरा भइरहेकोले देश अस्थिरतातर्फ धकेलिएको बताउनु भयो ।

नेता गुरुङले देशलाई स्वतन्त्र र बलवान बनाइराख्न फेरि एकपटक राजनीतिक शक्ति मिल्नुको विकल्प नरहेको बताउनु भयो । उहाँले एमसीसी सम्झौता देशको हीत बिपरित् रहेको पनि बताउनुभयो ।

नेता गुरुङले एमसीसीको माध्यमबाट सैन्य रणनीति बनाउने चल पनि कमजोर बनेपछि अमेरिकाले देशमा भएका सरकारका अंगहरुलाई निस्तेज बनाउने काम गरिरहेको बताउनु भयो ।