कोरोना विशेष

नेपालमा थप २४ जनामा ओमिक्रोन पुष्टि, सतर्कता अपनाउन विज्ञको सुझाव


काठमाडौँ – नेपालमा थप २४ जनामा कोरोनाको ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक १२ जनाको जिन सिक्वेन्सिङ गरिएकोमा सबैमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो । पुस महिनामा संकलित कोरोना भाइरसका ११४६ पोजेटिभ नमुनाको स्क्रिनिङ गर्दा २५० वटामा एस जिन नेगेटिभ आएको थियो ।

एस जिन नेगेटिभ गरिएकामध्ये २४ वटामा जिन सिक्वेन्सिङ गरिएको र ती सबैमा ओमिक्रोनको संक्रमण पुष्टि भएको प्रवक्ता डा. संगीता मिश्राले जानकारी दिनुभयो ।