राजनीति

ओलीलाई भेट्न प्रधानमन्त्री देउवा बालकोट जाने


काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने भएका छन् ।

प्रधानमन्त्री देउवा संसदको गतिरोध अन्त्यका लागि ओलीलाई भेट्न उनको निवास जाने भएका हुन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले एमाले अध्यक्ष ओलीसँग संवाद गर्ने जिम्मा प्रधानमन्त्री देउवालाई दिएको छ ।

बुधबार काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बालकोट ओलीलाई भेटेका थिए । पौडेलसँगको भेटमा ओलीले प्रधानमन्त्री देउवासँग संवाद गर्न चाहेको आशय व्यक्त गरेका थिए ।