मौसम

आज राति वर्षा र हिमपातको सम्भावना


काठमाडौँ — मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बिहीबार) राति देशभर मौसम सामान्य बदली (धेरैजसो आकाशमा बादल) रहनेछ ।

महाशाखाले साँझ ६ बजे जारी गरेको बुलेटिनअनुसार देशका पहाडी तथा तराइका केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ । साथै उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा हल्का हिमपात हुने सम्भावना छ ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ ।