राजनीति

१४ जना प्रमुख जिल्ला अधिकारीको सरुवा (सूचीसहित)


काठमाडौँ — गृह मन्त्रालयले १४ जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । बिहीबार बाग्लुङ, इलाम, बझाङ, रुकुम पश्चिम, बाजुरा, दार्चुला, ओखलढुंगा, झापा र सुर्खेतका प्रमुख जिल्ला अधिकारीको काज सरुवा गरिएको हो ।

गृह मन्त्रालयका सहसचिव रमेश ढकाललाई बाग्लुङ सरुवा गरिएको छ । इलामका प्रमुख जिल्ला अधिकारी ध्रुव खड्कालाई मन्त्रालय सरुवा गरिएको छ ।

रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैरेलाई मकवानपुरको सहायक प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ । बाजुराका सीडीओ गोपाल कुमार अधिकारी, दार्चुलाका सिद्धराज जोशी, ओखलढुंगाकी बन्दना राईलाई गृहमन्त्रालय सरुवा गरिएको छ ।

गृहमन्त्रालयका उपसचिव माधवप्रसाद ढुंगानालाई इलामको प्रमुख जिल्ला अधिकारी, मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याललाई बझाङको प्रमुख जिल्ला अधिकारीको जिम्मा दिइएको छ ।

गृहमन्त्रालयका उपसचिव परमानन्द घिमिरे रुकुम पश्चिम, इलाका प्रशासन कार्यालय बुटवल रुपन्देहीका उपेन्द्रराज पौड्याल बाजुरा र बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय दार्चुलाको प्रमुख जिल्ला अधिकारीको जिम्मा पाएका छन् ।

ओखलढुंगाको सीडीओमा दिलकुमार तामाङ, झापा छविलाल रिजाल र सुर्खेतको प्रमुख जिल्ला अधिकारीमा खगेन्द्र प्रसाद रिजाल सरुवा भएका छन् ।