राजनीति

राष्ट्रिय सभा र स्थानीय तहको निर्वाचन सुरक्षाबारे छलफल


काठमाडौँ — केन्द्रीय सुरक्षा समितिको बैठकमा माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचन र आगामी स्थानीय तहको निर्वाचन सुरक्षाका विषयमा छलफल भएको छ ।

गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बैठकमा सुरक्षा निकायका प्रमुखहरूले वर्तमान सुरक्षा अवस्था र आगामी दिनमा अपनाउनुपर्ने सुरक्षा रणनीतिबारे जानकारी गराएका गृह मन्त्रालयका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए ।

बैठकमा गृहसचिव टेकनारायण पाण्डे, नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाली प्रहरीका महानिरीक्षक शैलेन्द्र थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी र यदु खरेल, गृह मन्त्रालयका सुरक्षा समन्वय महाशाखाका प्रमुख मुकुन्द निरौलालगायत सहभागी गिए ।