राजनीति

नारायणहिटीमा रेस्टुरेन्ट सञ्चालनबारे छानबिन समिति गठन


काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले नारायणहिटी सङ्ग्रहालयभित्र रेष्टुरेन्ट सञ्चालन गर्न दिने निर्णयबारे छानबिन गर्न समिति गठन गरेको छ ।

बिहीबार मन्त्री आलेले नारायणहिटी सङ्ग्रहालयभित्र रेष्टुरेन्ट सञ्चालन गर्न बतास समूहलाई दिने निर्णयबारे छानबिन मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेको हो ।

समितिमा मन्त्रालयका उपसचिव टेकनारायण पौडेल, लेखा नियन्त्रक सूर्यमणि गौतम, उपसचिव पुरुषोत्तम खतिवडा सदस्य र सदस्य सचिवमा शाखा अधिकृत टंकबहादुर नेगी छन् । समितिलाई तीन दिनभित्र सवै डकुमेन्टहरुको अध्ययन गरी सुझाव पेश गर्न निर्देशन दिएको मन्त्री आलेको स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए ।