राजनीति

ओलीले भर्चुअल माध्यमबाट एमालेको जिल्ला अधिवेशनलाई सम्बोधन गर्ने


काठमाडौँ — एमालेका अध्यक्ष केपी ओलीबाट पार्टीका ७७ वटै जिल्ला अधिवेशनलाई शुक्रबार भर्चुअल माध्यमबाट सम्बोधन गर्ने भएका छन् ।

ओलीले २३ पुस बिहान ११ बजे केन्द्रीय कार्यालयको एक्सन रुमबाट एकैसाथ भर्चुअल उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम रहेको केन्द्रीय प्रचार विभागका एक नेताले जानकारी दिए । एमालेको १० औं महाधिवेशन गत मंसिरमै सकिए पनि जिल्ला अधिवेशन एकसाथ भोलि उद्घाटन हुन लागेको हो ।