राजनीति

भाइब्रेन्ट गुजरात सम्मेलन सारियो


काठमाडौँ – गुजरातमा यही जनवरी १० तारिखदेखि हुने भनिएको १०औँ ‘भाइब्रेन्ट गुजरात’ सम्मेलनको मिति दुई दिनलाई सारिएको छ । सम्मेलनको मिति सारिएको बारे भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ ।

सम्मेलनमा सहभागी हुन नेपालका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवासहितको २५ सदस्यीय टोली आइतबार त्यसतर्फ प्रस्थान गर्ने कार्यतालिका छ । टोलीमा परराष्ट्रमन्त्री डा.नारायण खड्कालगायत रहनेछन् ।

तर, परराष्ट्र मन्त्रालयले भने सम्मेलन स्थगन वा सारिएको विषयमा भारतबाट आधिकारिक सूचना आइनसकेको जनाएको छ । मन्त्रालयका प्रवक्ता सेवा लम्सालले आफूहरुलाई भारतबाट कुनै पनि जानकारी नआएकाले यसबारेमा प्रतिक्रिया दिन नसकिने बताइन् ।

“हामीलाई केही सूचना आएको छैन । यसको अर्थ अहिले हामीले केही भन्न सक्दैनौँ,” उनले भनिन् ।