राजनीति

राष्ट्रिय सभामा सत्ता गठबन्धनलाई जिताउन उच्चस्तरीय संयन्त्रको अपिल


काठमाडौँ – सरकार सञ्चालनका लागि गठित उच्चस्तरीय राजनीतिक संयन्त्रले राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरुलाई जिताउन भूमिका खेल्ने निर्णय गरेको छ । बैठकले गठबन्धनका उम्मेदवारहरुलाई जिताउन मतदातालाई अपिलसमेत गरेको बैठकपछि सरकारका प्रवक्तासमेत रहनुभएका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

राष्ट्रिय सभा निर्वाचन आगामी माघ १२ गते हुँदै छ । त्यसका लागि सात वटै प्रदेशमा सत्ता गठबन्धनले समन्वय समिति गठन गरेको छ । बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई भारत भ्रमणको शुभकामनासमेत दिएको छ । भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने संयन्त्रले विश्वास व्यक्त गरेको कार्कीले बताउनुभयो ।