राजनीति

विनोद चौधरीको केन्द्रीय सदस्य अवैधानिक भएको भन्दै खारेज गर्न माग


काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका विनोद चौधरीविरूद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । कांग्रेसको विधान विपरीत चौधरीलाई केन्द्रीय सदस्य बनाएको भन्दै सुभाषचन्द्र यादवले पद खारेज गर्न चौधरीविरूद्ध उजुरी दिएको हो ।

सिरहा क्षेत्र नम्बर ३ का महासमिति सदस्य यादवले चौधरीको पद खारेज गरी आफूलाई केन्द्रीय सदस्य बनाउन पनि माग गरेका छन् । कांग्रेसको विधान अनुसार केन्द्रीय सदस्य बन्न १० वर्ष निरन्तर पार्टीको क्रियाशील सदस्य भएको हुनुपर्ने उल्लेख गरिएको तर चौधरी २०७४ सालमा मात्र कांग्रेस प्रवेश गरेकाले केन्द्रीय सदस्य बन्न नपाउने यादवको दाबी छ ।

विनोद चौधरी मधेशी खुला कोटाबाट केन्द्रीय सदस्य निर्वाचित हुनुभएको थियो