काठमाडौँ – पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम, कर्णाली, गण्डकी तथा लुम्बिनी प्रदेशमा हल्का वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बागमती प्रदेशमा सामान्य वर्षा भएको छ ।
देशका बाँकी स्थानमा मौसम आंशिकदेखि सामान्यसम्म बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार वर्षा तथा हिमपात गराउने पश्चिमी न्यून चापीय प्रणाली नेपाल प्रवेश गरेको छ । यो क्रम आइतबारसम्म रहने महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज साँझ ६ बजेसम्म देशभर मौसम आंशिकदेखि सामान्यसम्म बदली रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपात र सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी तथा बागमती प्रदेशका केही स्थानमा हल्का वर्षा हुने छ ।


प्रतिक्रिया