काठमाडौँ – टेनिस च्याम्पियन नोभाक जोकोभिचलाई अष्ट्रेलिया प्रवेशमा रोक लगाइएको छ । अष्ट्रेलिया प्रवेशका लागि चाहिने आवश्यक मापदण्ड पूरा नगरेको भन्दै अष्ट्रेलियाको अध्यागमनले जोकोभिचको भिसासमेत रद्ध गरेको छ ।
अष्ट्रेलियन बोर्डर फोर्स एबिएफका अनुसार जोकोभिचले प्रवेश मापदण्ड पूरा नगरेको र कोरोनाको खोपसमेत नलगाएकाले उनको भिसा रद्द गरिएको हो । यसैबीच अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले अष्ट्रेलिया प्रवेशका लागि खोप अनिवार्य भएको बताएका छन् । भिसा नभएका गैरनागरिक र भिसा रद्द भएका मानिसलाई नियन्त्रणमा लिने र देश निकाला गर्ने अष्ट्रेलियाले बताएको छ ।
जोकोभिच अष्ट्रेलियन ओपन खेल्न गएराति मेलवर्न विमानस्थल पुगेका थिए । भिसा रद्द भएसँगै जोकोभिचका कानुन व्यवसायी सरकारको निर्णयविरूद्ध न्यायालय जाने भएका छन् । अष्ट्रेलियाले हालसम्म विभिन्न कारण देखाउँदै वार्षिक १४ हजारको भिसा रद्द गरेको तथ्यांक रहेको छ ।
प्रतिक्रिया