राजनीति

राज्यमन्त्री सवार गाडी दुर्घटना, ६ जना घाइते


काठमाडौँ – प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुबी कर्ण चढेको गाडी दुर्घटनामा परेको छ । राज्यमन्त्री सवार गाडी दुर्घटना हुँँदा ६ जना घाइते भएका छ ।

ज १ झ ४०६ नम्बर प्लेटको गाडी दुर्घटना हुँदा राज्यमन्त्री कर्णसहित सप्तरीको खडक नगरपालिका ६ बस्ने ४० वर्षीय जयप्रकाश चौधरी, सोही नगरपालिकाको वडा नम्बर ८ बस्ने ४५ वर्षीय प्रथमलाल राम, राजविराज नगरपालिका बस्ने ३० वर्षीय ध्रुव मण्डल, गाडी चालक शम्भुनाथ नगरपालिका ६ बस्ने २५ बर्षीय विवेक मण्डल र राज्यमन्त्रीका सुरक्षा गार्ड तुलसीप्रसाद साह घाइते भएका छन् ।

घाइतेहरूको स्थानीय मेडिकलमा उपचारका लागि पठाइएको र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । आज साँझ सप्तरीको छिन्नमस्ता गाउँपालिका १ जोलहनिया पुल नजिक गाडी अनियन्त्रित भई दुर्घटना भएको थियो।