राजनीति

मल खरिदका लागि भारतसँग ५ वर्षको सम्झौता


काठमाडौँ – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारतबाट जीटुजीमार्फत मल खरिद गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले मल खरिद गर्नका लागि सम्झौता गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ ।

भारत सरकारसँग मल खरिदका लागि पाँच वर्षका लागि सम्झौता गर्नेगरी निर्णय भएको बताइएको छ । पहिलो वर्ष डेढ लाख मेट्रिकटन मल खरिद हुने छ भने त्यसपछि प्रत्येक वर्ष १० प्रतिशतले वृद्धि गर्दै जानेगरी सम्झौता हुन लागेको कृषिमन्त्री महिन्द्र राय यादवले बताए । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएको बेला यसबारे सचिवस्तरीय सम्झौतापत्रमा हस्ताक्षर हुने बताइएको छ ।