राजनीति

देश र जनताले अपेक्षा अनुसार काम गर्न मन्त्री र सचिवलाई देउवाको निर्देशन


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको अपेक्षाअनुसार काम गर्न मन्त्री र मन्त्रालयका सचिवहरूलाई निर्देशन दिनुभएको छ । आज बुधवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा संयुक्त बैठक आह्वान गरी प्रधानमन्त्री देउवाले देश र जनताले अपेक्षा गरेअनुसार काम गर्न मन्त्री र मन्त्रालयका सचिवहरूलाई निर्देशन दिनुभएको हो ।

देशको विकास र निर्माणको कामलाई तीव्रता दिने गरी बजेट परिचालन गर्न पनि अर्थ मन्त्रालयलाई सचेत गराउनुभयो । प्रधानमन्त्री देउवाले जनताको जीवन रक्षाका निम्ति पनि उत्तिकै चनाखो भएर लाग्न मन्त्री र मन्त्रालयका सचिवहरूलाई सचेत गराउनुभएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्रको अवस्थाबारे प्रधानमन्त्री देउवालाई जानकारी गराउनुभएको थियो । प्रधानमन्त्री देउवाले ती समस्या समाधान गरेर जन सेवाको कामलाई रफ्तारमा अघि बढाउनुपर्ने बताउनुभएको थियो ।