राजनीति

साढे ३३ किलो सुन काण्ड : गोरेको भाई रमेश अदालतमा हाजिर


काठमाडौँ – साढे ३३ किलो सुन तस्करीमा मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ का भाइ रमेश उप्रेतीलाई बुधबार मोरङ अदालतमा हाजिर गराइएको छ । मंगलबार त्रिभुवन विमानस्थलबाट पक्राउ परेका रमेशलाई प्रहरीले आज अदालतमा उपस्थित गराएको हो ।

साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याका आरोपी रमेश युएईमा बस्दै आएका थिए । अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) ले पनि उप्रेतीविरुद्ध नेट नोटिस जारी गरेको थियो । तर प्रहरीले उनलाई काठमाडौं ल्याउन सकेको थिएन ।

मंगलबार भने उनी आफैं काठमाडौं आएका बेला प्रहरीले पक्राउ गरेको थियो ।