राजनीति

अधिकार बाँडफाँडमा केन्द्र र प्रदेश सरकारबीच विवाद देखियो


काठमाडौँ – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संविधानले दिएको अधिकार बाँडफाँडको विषयमा केन्द्र सरकार र प्रदेश सरकारबीच विवाद देखिएको बताउनुभएको छ । बुधवार गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान र मुख्य न्यायाधिवक्ताको कार्यालय गण्डकी प्रदेशले आयोजना गरेको गोष्ठीमा बोल्दै मुख्यमन्त्री पोखरेलले केन्द्र सरकार र प्रदेश सरकारले प्रयोग गर्ने अधिकारको सम्बनधमा विवाद देखिएको बताउनुभएको हो ।

संविधानले दिएको केन्द्र र प्रदेश सरकारको साझा र एकल अधिकारको सम्बन्धमा विवाद देखिने गरेकाले केन्द्र र प्रदेश सरकारले पाउनुपर्ने अधिकारहरुको सम्बन्धमा परिमार्जन गरेर अगाडी बढ्नुपर्ने उहाँले बताउनुभयो । मुख्यमन्त्री पोखरेलले संघीयताको मुख्य उपलब्धी नै प्रदेश सरकार भएकाले प्रदेश सरकारलाई सक्षम बनाउनुपर्ने बताउनुभयो ।