राजनीति

इतिहास र संस्कृति जोगाउन जरुरी रहेको ओलीको भनाई


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सभ्यता, इतिहास र संस्कृति जोगाउन जरुरी रहेको बताउनु भएको छ । एमाले अध्यक्ष ओलीले सभ्यताको सृष्टि हाम्रो भूमिमा भएको तर्क गर्दै यसलाई जोगाएर अघि बढदामात्रै इतिहासमाथि न्याय हुने पनि स्पष्ट पार्नु भयो ।

संस्कृति बचाऊ अभियन्ताहरुसँग बुधबार आफ्नै निवास बालकोटमा भएको भेटमा उहाँले पूर्वजहरुसँग अरु कसैले तुलना हुन नसक्ने बताउनु भयो । उहाँले सभ्यताको ज्योति यहाँ बलेको र अरुले झिल्को लगेर नयाँ सभ्याताको विकास गरेको प्रवचन समेत दिनु भयो ।

अध्यक्ष ओलीले पूर्वजहरुले यो भूमिलाई ज्ञान भूमि, तपो भूमि भनेको सही भएको पनि बताउनु भयो । उहाँले हाम्रो संस्कृतिले हामीलाई विषरहीत भान्साको उपहार दिएको बताउनु भयो ।