राजनीति

नेपालमा लगानी गर्न गैर आवासीय नेपालीलाई पूर्वराष्ट्रपतिको आग्रह


काठमाडौँ – पूर्वराष्ट्रपति डा.रामवरण यादवले नेपालको कृषि, जलविद्युत् र पर्यटन क्षेत्रमा लगानी गर्न गैर आवासीय नेपालीहरुलाई आग्रह गर्नु भएको छ । पूर्वराष्ट्रपति यादवले नेपालको भू–वनावट नै कृषि, जलविद्युत् र पर्यटन क्षेत्रको विकासका लागि अनुकूल रहेको उल्लेख गर्दै सोही क्षेत्रमा लगानी गरेर सहज ढंगले प्रतिफल लिन गैर आवासीय नेपालीहरुलाई अनुरोध गर्नु भएको हो ।

बुधबार आइडिया फर नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले नेपालको स्रोतआधार अनुसारको क्षेत्रमा लगानी गर्दा उपयुक्त हुने बताउनु भयो । पूर्वराष्ट्रपति यादवले प्रकृतिमैत्री क्षेत्रमा लगानी गर्दा वातावरणमा समेत प्रतिकूल असर नपर्ने बताउनु भयो ।