राजनीति

नेपाली निकासी योग्य वस्तुकोे प्रदर्शन सुरु


काठमाडौँ – नेपाल निर्यात परिषद्ले छैठौं दिवसको अवसरमा आजदेखि नेपाली निकासी योग्य वस्तुहरूकोे प्रर्दशन सुरु गरेको छ । परिषद्ले पत्रकार सम्मेलन गरी छैठौं दिवसको अवसरमा ठमेलको नेपाली घर होटलमा आजदेखि आगामी २२ गतेसम्म सीमित व्यवसायीको संलग्नतामा नेपाली निकासी योग्य वस्तुहरूकोे प्रदर्शन आयोजना सुरु भएको जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै परिषद्का अध्यक्ष हरिबहादुर कार्कीले निकासीको तुलनामा आयात वृद्धि भएकोले व्यापारघाटा वृद्धि हुन गएको बताउनु भयो । उहाँले आयात वृद्धिले दिगो आर्थिक विकाससहितको समृद्धि हासिल गर्न गुणास्तरीय एवम् प्रतिस्पर्धी उत्पादन र अन्तर्राष्ट्रिय बजारमा निर्यातमा उल्लेख्य वृद्धि गर्नुको विकल्प नरहेको बताउनुभयो ।

अध्यक्ष कार्कीले निर्यात क्षेत्रमा चर्को हवाई भाडा, दक्ष जनशक्तिको कमी, तरलताको संकट, चर्को बैंक ब्याजदर, नगद प्रोत्साहन प्राप्त गर्न प्रक्रियात्मक झन्झट, बजार प्रवर्द्धनमा कमी, बजार विविधिकरणको कमीलगायत अन्य धेरै समस्याहरू रहेको बताउनुभयो ।