राजनीति

नबदलिएको देउवा प्रवृत्ति : काँग्रेसमा न एकता, न उत्साह (भिडियोसहित)


काठमाडौँ — नेपाली कांग्रेसले ठूलै रस्साकस्सीकाबीच एकता, उत्साह र रुपान्तरणको नारा सहित १४ औं महाधिवेशन सम्पन्न गर्यो । महाधिवेशनले सभापति देउवालाई दोस्रो कार्यकालका लागि पार्टीको नेतृत्व सुम्पियो । तर कांग्रेस केन्द्रीय समितिको दोस्रो वैठकसम्म पुग्दा रुपान्तरणको बहस देउवामा नै आएर अड्किएको छ ।

विगतदेखि नै गुटगत वेमेलमा फसेको नेपाली कांग्रेसले उत्साह, एकता र रुपान्तरणको नारा सहित पार्टीको १४ औं महाधिवेशन सम्पन्न ग¥यो । देशभरका ४ हजार बढी महाधिवेशन प्रतिनिधिले पार्टी सभापति शेरबहादुर देउवालाई नै दोस्रो कार्यकालका लागि निर्वाचनमार्फत पुन सभापतिमा विजयी गराए । नीतिगत छलफललाई थाती राखेर नेतृत्व चयनमा केन्द्रित बनेको महाधिवेशनले पार्टीको आन्तरिक जीवनमा केहि उत्साह पनि थपे ।

राष्ट्रिय राजनीतिमा प्रभाव जमाउन सफल युवापंतिm निर्णायक तहमा पुग्नुलाई अर्थपूर्ण मानियो । यसमा कांग्रेसले प्रशंसा बटुलिएकै छ । तर दोस्रो पटक पार्टी सभापति बनेका देउवाको मनोमानी प्रवृत्ति र सभापतिका प्रत्यासी शेखर कोइरालालाई पेलेरै जाने रणनीतिका कारण कांग्रेसभित्रको गुटगत अन्तरद्धन्द्ध व्यूतिने संकेत देखाएको छ । पार्टीको पहिलो वैठकमा आफुलाई मत हाल्ने र नहाल्ने सबैको सभापति भएको र सबैलाई मिलाएर लैजाने उद्घोष गरे पनि कार्यन्वयन गर्न सकेका छैनन् ।

देउवाले प्रदेशको मन्त्री छान्ने देखि केन्द्रिय सदस्य मनोनयनसम्म कोइराला समूहलाई वेवास्था गरेका छन् । प्रकाशमान सिंह, विमलेन्द्र निधि सम्मलाई भागवण्डामा समावेश गरे पनि सभापतिका प्रत्यासी शेखर कोइराला समूहलाई निषेधकै शैली अपनाएर देउवा अगाडि बढेका छन । पार्टी उपसभापति धनराज गुरुङले पार्टीलाई एकढिक्का बनाएर अघि बढ्न सभापतिले विवेक पु¥याउनुपर्ने बताउँछन् । आगामी दिनमा सभापति विधान अनुसार चल्ने विश्वास समेत व्यतm गरे ।

वाग्मति प्रदेशको मन्त्री छनौट र १३ जना केन्द्रिय सदस्य चयनमा आफ्नै पोल्टाका मान्छे मनोनित गरेपछि देउवाको चर्को आलोचना भैरहेको छ । यहि आलोचना साम्य पार्न सोमबार बसेको केन्द्रिय समितिको बैठकले पार्टीको तर्फबाट सर्वसम्मत रुपमा राष्ट्रियसभा निर्वाचनको सूचिमा शेखर कोइराला समूहलाई देउवाले समावेश गरे । शेखर कोइराला समूहबाट कमला पन्त, नारायण दत्त मिश्र राष्ट्रियसभा उिम्मेदवारका लागि छनौट भएका छन । यसलाई राम्रो संकेत मान्न सकिने नेताहरु बताउँछन ।

कतिपय कांग्रेस नेताले मनोनयप्रति गुनासो आएको र केहि छुटेको महशुस भए पनि सभापतिले सबैलाई मिलाएर लैजान दावी गर्छन । सुरुवाती प्रक्रियामा नै आलोचना उचित नहुने उनीहरुको तर्क छ ।

हु न त शेखर कोइराला पक्षले यसअघि नै भागबण्डामा दाबी नगर्ने बताईसकेको छ । तर सभापतिले सन्तुलित व्यवहार नगरे चुप नबस्ने सार्वजनिक चेतावनी नै दिएको छ । तर आफ्नै तजबिजलाई मात्रै केन्द्रमा राख्ने देउवा प्रवृत्तिको अन्त्य भने असम्भव प्राय छ । नारा तय गर्दैमा व्यवहारत लागु हुन्छ भन्नु मूर्खता हो भन्ने सभापति देउवाले चरितार्थ गर्दै आएका छन् । फलत कांग्रेसको एकता उत्साह र रुपान्तरणको नारा व्यवहारमा असफल बन्दै गएको छ ।