कोरोना विशेष

भरतमा ओमिक्रोन भेरियन्ट भयावह बन्दै, नेपालमा छैन सतर्कता (भिडियोसहित)


काठमाडौँ — कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणले विश्वव्यापी रूपमा चिन्ता थपेको छ । पहिलो र दोश्रोसुरु हुँदा जसरी एकपछि अर्को मुलुकमा फैलिरहेको थियो नयाँ भेरियन्ट ओमिक्रोन अझ बढी आक्रमक रुपमा फैलिरहेको छ । ओमीक्रोन भाइरस भारतमा तीव्र रुपमा फैलिएसंगै खुल्ला सीमा भएकोले नेपालमा झनै त्रास बढेको छ ।

कोरोनाको नयाँ भेरियन्छ ओमीक्रोन फैलिएसंगै नेपालमा पनि चिन्ता बढेको छ । ओमिक्रोनकै कारण भारतमा एक हप्ताको अवधिमा कोरोना संक्रमित झण्डै ५ गुणाले बढेका छन् । भारतमा ओमीक्रोन भेरियन्टका संक्रमितको संख्या १७ सय १० पुगेको छ । हालसम्म २३ राज्यमा फेला परेको ओमिक्रोनबाट महाराष्ट्र, दिल्ली र केरल सबैभन्दा बढी प्रभावित बनेका छन् ।

यसैगरि भारतमा कोरोना संक्रमणदर आगोको पराल जस्तै सल्किन थाल्यो भने यसको असर नेपालमा पनि पर्छ । नेपालमा हालसम्म ओमिक्रोन भाइरस तीन जनामा पुष्टि भएको छ । यसअघि भारतमा डेल्टा भेरियन्टबाट संक्रमित भेटिएको ४६ दिनपछि नेपालमा पनि देखिएको थियो । तर, ओमिक्रोन अन्य भेरियन्टभन्दा तीव्र फैलिने भएकोले आगामी माघ दोस्रो हप्तादेखि तेस्रो लहर आउनसक्ने देखिएकाले सर्तकता अपनाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

कोरोना संक्रमणलाई रोक्न पहिलो प्राथमिकतामा खोप नै रहेको छ । तर, सरकारले खोप उपलब्धता भएपछि त्यहि अनुसारको अभियान चलाउन सकेको छैन् । सरकारको पुस मसान्तभित्र ६६ प्रतिशत जनसंख्यालाई खोप दिइसक्ने लक्ष्य पूरा नहुने भएकोे छ । खोप अभियानलाई तीव्रता दिन सके मात्रै ओमिक्रोनको क्षतिलाई कम गर्न सकिने विज्ञहरु बताउछन् । सरकारले तुरुन्तै सीमा नाकामा कडाई गर्नुपर्नेमा विज्ञहरुको जोड छ ।

नेपालमा डेल्टाको जोखिम रहँदारहँदै सर्वसाधारणमा विस्तारै कोरोना केही होइन भन्ने मानसिकता बढ्दै गएको छ । भीडभाडमा मास्कको प्रयोग नगर्नु वा सामाजिक दूरी कायम नगर्नुले पनि अर्को लहर फैलिन सहज हुन्छ । त्यस्तै खुला सीमा भए कारण भारतमा फैलिएको संक्रमणको प्रभाव नेपालमा पनि पर्छ । पहिलो र दोस्रो लहरमा पनि सीमा नाकाबाट कोरोनाका फैलिएको थियो । त्यसैले ओमीक्रोनलाई फैलन नदिन सबैले नै विशेष सावधानी अपनाउन आवश्यक छ ।