राजनीति

राष्ट्रियसभा सदस्य निर्वाचनमा ४३ जनाको उम्मेदवारी (सूचीसहित)


काठमाडौँ — राष्ट्रियसभाको आगामी माघ १२ गते हुने निर्वाचनका लागि आज दलहरुले उम्मेदवारी दर्ता गरेका छन् । १९ सिटका लागि मंगलबार विभिन्न पार्टीका ४३ उम्मेदवारले मनोनयन दर्ता गराएको निर्वाचन आयोगले बताएको छ।

निर्वाचन आयोगले यस वर्ष रिक्त हुने १९ जना राष्ट्रियसभा सदस्यको लागि माघ १२ गते निर्वाचन गराउँदैछ ।