राजनीति

कोइराला पक्षका नेताहरुको छलफल जारी


काठमाडौँ — नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षका नेताहरु मंगलबार दिउँसो छलफलमा बसेका छन् ।

कोइरालाले पार्टीको १४ औं महाधिवेशनमा पदाधिकारीको उम्मेदवार बनेका नेताहरुलाई छलफलमा बोलाएका थिए । कोइराला प्यानलबाट पदाधिकारीमा उम्मेदवारी दिएका नेताहरु र संस्थापन इतर पक्षका केही केन्द्रीय सदस्य पनि बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा छलफलमा बसेका छन् ।

सभापति शेरबहादुर देउवाले पदाधिकारीमा पराजित भएका आफूपक्षका नेतहरुलाई केन्द्रीय समितिमा मनोनित गरे पनि शेखर कोइराला पक्षका भने कोही पनि मनोनित गरेका छैनन् ।