राजनीति

राष्ट्रियसभा निर्वाचन : बागमतीमा सत्ता गठबन्धनबाट मनोनयन दर्ता


काठमाडौँ – बागमतीमा राष्ट्रियसभा निर्वाचनका लागि सत्ता गठबन्धनका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।

महिलातर्फ गोमा तिमल्सिना र अन्‍यतर्फ कृष्णप्रसाद पौडेलले उम्मेदवारी दर्ता गरेका हुन् । गोमा तिमल्सिना नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार बनेकी हुन् भने कृष्णप्रसाद पौडेल नेपाली काङ्ग्रेसबाट उम्‍मेदवार बनेका हुन् ।

राष्ट्रियसभा सदस्यका लागि वागमती प्रदेशबाट महिला र अन्‍य समुदाय गरी दुई रिक्त पदका लागि माघ १२ गते निर्वाचन हुँदैछ ।