राजनीति

जसपाले राष्ट्रियसभा निर्वाचनका लागि दुई उम्मेदवारको नाम टुंग्यायो


काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) ले राष्ट्रियसभाका निर्वाचनका लागि दुई उम्मेदवारको नाम टुंग्याएको छ ।

जसपाले प्रदेश २ मा खुल्ला समूहबाट मो। खालिद सिद्दिकी र प्रदेश १ मा अल्पस‌ंख्यक समूहबाट हेमराज राईलाई राष्ट्रियसभा उम्मेदवार बनाउने निर्णय गरेको हो । सिद्दिकी सिरहाको रमौल र राई भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका हुन् ।राष्ट्रियसभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।

सत्ता गठबन्धनबीच भागबण्डाको क्रममा जसपालाई २ उम्मेदवार परेको छ ।