काठमाडौँ – इजरायलमा कोरोनाभाइरसविरुद्धको खोपको चौथो मात्र लगाउन थालिएको छ । ६० वर्ष वा सोभन्दा बढी उमेरका र स्वास्थ्यकर्मीहरूलाई चौथो मात्रा खोप लगाउन थालिएको हो ।
ओमिक्रोन भाइरस फैलिन थालेपछि त्यसबाट जीवन जोगाउनका लागि चौथो मात्राको खोप लगाउन थालिएको अधिकारीहरूले बताएका छन् । खोपको मात्रा बढाउँदै लगेमा कोरोनाभाइरसका नयाँ नयाँ भेरियन्टले पनि असर पार्ने संभावना कम हुने वैज्ञानिकहरूले बताएका छन् । तेस्रो मात्रा खोप लगाएको कम्तीमा चार महिना पूरा भएकाहरूले मात्रै चौथो मात्रा खोप लगाउने पाउने व्यवस्था गरिएको छ ।
कोरोनाभाइरस विरुद्ध चौथो मात्रा खोप लगाउन सुरु गर्ने इजरायल नै पहिलो देश भएको छ । इजरायलका प्रधानमन्त्री नाफ्ताली बेनेटले चाँडै नै दैनिक ५० हजार संक्रमित थपिने चेतावनी दिँदै उच्च सतर्कता अपनाउन आह्वान गरेका छन् ।


प्रतिक्रिया