राजनीति

अध्यक्षमा पुन: चयन भएका दाहाललाईअमेरिकाले दियो बधाई


काठमाडौँ – अमेरिकाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बधाई दिएको छ। माओवादीको आठौं महाधिवेशनबाट अध्यक्षमा प्रचण्ड पुन: अध्यक्ष चयन भएका थिए। उनलाई सोमबार माओवादीको केन्द्रीय कमिटीले निर्विरोध अध्यक्ष चयन गरेको थियो।

काठमाडौंस्थित अमेरिकी दुतावासले मंगलबार ट्वीटरमार्फत् प्रचण्डलाई पुनस् अध्यक्ष भएकोमा बधाई दिएको हो। यसअघि काठमाडौंस्थित अमेरिकी दूतावासले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि पुनस् अध्यक्ष निर्वाचित भएकोमा बधाई दिएको थियो।

नेपालमा पछिल्लो समय अमेरिकी सहयोग परियोजना एमसिसी संसदबाट अनुमोदन गर्ने कि नगर्ने भन्नेमा राजनीतिक वृत्त विभाजित छ।