काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबलमा नयाँ वर्ष २०२२ को पहिलो खेलमा म्यानचेस्टर युनाइटेड आफ्नै घरेलु मैदानमा स्तब्ध बनेको छ । सोमबार राति भएको खेलमा पाहुना टोली उल्भ्सले युनाइटेडलाई उसकै घरमा ०–१ ले स्तब्ध बनाएको हो ।
पहिलो हाफ ०–० सकिएको खेलमा उल्भ्सले खेलको अन्तिम समय ८२औं मिनेटमा विजयी गोल ठोक्यो । पोर्चुगिज मिडफिल्डर जोआ मोउटिन्होले बक्स भित्रबाट लो सटमा बडा शानदार गोल गरेपछि युनाइटेडलाई ठूलो झट्का लागको थियो । गोल खाएपछि युनाइटेड खेलमा फर्किन सकेन । र, खेल उल्भ्सले ०–१ ले जित्यो ।
प्रतिक्रिया