राजनीति

स्थानीय तहको चुनाव लक्षित अभियान : करिब साढे आठ लाख मतदाता थपिए


काठमाडौँ – निर्वाचन आयोगले पछिल्लो पटक गरेको मतदाता नामावली संकलनबाट करिब साढे आठ लाख मतदान थपिएका छन् ।

अर्को वर्षको सुरुमा नै गर्नुपर्ने स्थानीय तहको चुनावलाई लक्षित गरेर देशभर सञ्चालन गरेको मतदाता नामावली दर्तामा ८ लाख ३८ हजार मतदाता सहभागि भएका हुन् । यो अभियान दोस्रो चरणको हो । दोस्रो चरणको कार्यक्रम सकिए पनि मतदाता नामावली दर्ता कार्यक्रम जिल्लास्तरमा निरन्तर चलिरहने छ । यसअघि ०७८ मङ्सिर १७ गतेदेखि एक महिनाका लागि मतदाता कार्यक्रम सञ्चालन गरिएको थियो ।

आयोगले एक महिनासम्म गरिएको मतदाता नामावली सङ्कलन कार्यक्रम दुई चरण सञ्चालन गरेको थियो । कानुन अनुसार निर्वाचनमा भोट हाल्न पाउने उमेर भनेको १८ वर्ष हो । तर, निर्वाचन आयोगले १६ वर्ष पुगेका नेपाली नागरिकको नाम समेत सूचीकृत गरिरहेको छ । मतदाताका रूपमा सूचीकृत हुन १८ वर्षसम्म कुर्नु पर्दैन । १६ वर्ष पुगेर नागरिकता बनाइसकेपछि मतदाताका रूपमा सूचीकृत हुन पाइने आयोगले जनाएको छ ।