राजनीति

प्रधानमन्त्री देउवा भारत भ्रमणको गृहकार्यमा, पत्नी आरजुको दौडधुप


काठमाडौँ – प्रधानमन्त्रीका रुपमा पाँचौ कार्यकालमा शेरबहादुर देउवा दोस्रो विदेश भ्रमणका रुपमा आगामी पुष २५ गते भारत जाँदैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातमा आयोजना हुने दशौँ ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिटमा सहभागी हुन उनी भारत जाने कार्यक्रम तय भएको छ ।

परराष्ट्र मन्त्रालयले भ्रमणको भित्री तयारी गरिरहेको भएपनि आधिकारिक रूपमा सार्वजनिक जानकारी दिएको छैन । पुस २६ देखि २८ गतेसम्म हुने सम्मेलनमा भाग लिन देउवा एकदिन अगाडि नै भारत जाने तयारी गरेका हुन् । सम्मेलनमा नेपाल लगायत विश्वको आर्थिक क्षेत्रमा प्रभाव जमाएका लगानीकर्ता तथा नेताहरुसहित झन्डै एक सय ३५ देशका ४० हजारभन्दा बढी पाहुना गुजराजमा जम्मा हुने बताइन्छ । भ्रमणअघि देउवाले कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी पत्नी आरजु राणालाई भारत पठाएका छन् । देउवाले विशेषदूतका रुपमा आरजुलाई नयाँ दिल्ली खटाएका हुन् ।

देउवा पत्नीले भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेट गरिसकेकी छिन् । भ्रमणका दौरान भारतीय समकक्षी मोदीसँगको भेटमा नेपाल र भारत बीच विवादित भनिएका महत्वपूर्ण विषयमा छलफल हुने अपेक्षा गरिएको छ । देउवाको भारत भ्रमणको पूर्वसन्ध्यामा परराष्ट्रविदहरुले सानासमस्या समाधान गरेर ठूला समस्या समाधानको बाटोमा जान सुझाब दिएका छन् । देउवा सहभागि हुने सम्मेलनमा रुसका राष्ट्रपति मिखाइल मिशुस्तिन, मोजाम्बिकका राष्ट्रपति फिलिपे ज्यासिन्टो न्यूसी, मोरिससका प्रधानमन्त्री प्रभिन्ड जुग्नाउथ, स्लोभेनियाका प्रधानमन्त्री जानेज जान्सा सहभागी हुनेछन्