राजनीति

माओवादीको महासचिवका दाबेदार वर्षमान पुन आज नेपाल आउँदै


काठमाडौँ – नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन आज नेपाल फर्किदैछन्। जन्डिसको उपचारका लागि चीनमा रहेका उनी आज नेपाल फर्किन लागेका हुन् । सोमबार केन्द्रीय समिति बैठकपछि नवनिर्वाचित अध्यक्ष प्रचण्डले सञ्चारकर्मीहरूलाई पुन मंगलबार स्वदेश फर्किने जानकारी गराएका थिए । उनले पदाधिकारी पुनकै सहभागिता समेतमा छानिने सो क्रममा बताए ।

पुन माओवादीको महासचिव पदका दाबेदार हुन् । झउहाँको उपस्थितिमै पदाधिकारी चयन गर्दा ठीक हुन्छ भन्ठानेर नै २५ गतेसम्मका लागि बैठक स्थगित गरेको हो। उहाँहरूकै सहभागितामा बाँकी पदाधिकारी पनि चयन हुन्छ’, प्रचण्डको भनाइ थियो ।

पुनसँगै उनकी श्रीमती तथा माओवादी नेतृ ओनसरी घर्ती पनि आज आउदैछिन् । पुनले पार्टी महासचिवका रुपमा आफ्नो दावी पेश गर्दै आएका छन् भने सशक्त दाबेदारका रुपमा अर्का नेता जनार्दन शर्मा पनि अगाडि आएका छन् । पुन र शर्माबीच महासचिवमा रस्साकस्सी हुँदै गर्दा प्रचण्डले देव गुरुङलाई समेत महासचिवको रुपमा अघि सारेका छन् ।